Posts

श्रद्धाञ्जली

Image
  सधैझै आज पनि म बिउँझेछु म देख्छु , मेरो नजिक मान्छेले बनाएका भगवानहरु चिच्याइरहेछ्न । म सुन्छु , मेरो समीप खुसिका अलङ्कार भन्दा रोद्नका क्रन्दनहरु गिज्याइरहेछ्न । लौन के गरु ? आज म यस्तो लोकमाछु जहाँ गरिबको भोक सकिदैन न त धनीको धन आज म यस्तो हालमा छु जहाँ साथ भन्दा पहिले जात हेरिन्छ अनि व्यबहार भन्दा ठूलो अनुहार नापिन्छ म के गरु ? म पन्छिन खोज्छु यी सब कुराहरु मलाइ भन्नू छैन मेरो कथा अनि ब्यथाहरु डर लाग्छ कतै मैले हासेरै मेरो कथा सुनाए भने तिमी रुनेछौकी भनेर ! डर लाग्छ कतै मैले जिस्केरै मेरो ब्यथा तिम्लाइ सुनाए भने तिमी मेरो हुनेछौकी भनेर ! तर मलाइ कसैलाइ रुवाउनु छैन । कसैलाइ आफ्नो बनाउनु छैन । किनकी धेरै रोए धेरैलाइ हसाएर धेरै पछुताए मान्छेको जुनि पाएर ! त्यसैले अब म जान चाहन्छु । मलाइ रोक्न नखोज ! गन्तव्य मेरो धेरै टाढा छ अनि समय निकै कम मलाई प्रायस्चित गर्नुछ यो पापको मलाइ रहस्य सोध्नु छ मेरो श्रापको दैबशीत !! सधैझै भोलि पनि म बिउझिनेछु । मलाइ देखाउनेछ्न उल्लास मनाइरहेका मेरा खुसीहरु मलाइ सुनाउनेछ्न मैले कहिले नसुनेका अनगिन्ती तारिफहरु मलाइ हात दिनेछ्न पराइ भएका आफन्तहरु मलाइ ...

Best poem for father - nepali poem

Image
  बुवा, हजुरका ती गाला जसलाइ रबर जस्तै तन्काउदैँ म खितिति हाँस्थेँ आजभोलि त झन् धेरै परसम्म पुग्ने भएछन् मलाइ पहिलोपटक स्कुलमा छाडेर फर्किंदाँका ती रसिला आँखाहरू हेर त आज बुढ्यौलीले कति सुख्खा पारिदिएछन् तर मेरा लागि बुनिएका ती वर्षौ पुराना मीठा सपनाहरू भने आज पनि उस्तै ताजा र चम्किला देख्खिइरहेछन् तनाव र जिम्मेवारीले थिल्थिलिएको काँध अझैपनि सगरमाथा बनेर उभिन छाड्दैन मलाई साथ दिन त्यही काँध आज कोल्टे फेर्न नसक्दा मलाई सम्झिरहेको होला टाढा छु, तर नआत्तिनुस् बुवा म छिट्टै मल्हम सहित आउनेछु परिस्रमले खिइएका ती सुख्खा हातहरू जब मेरो शिरमा सल्बलाउँछन् म शानसँग शिर उचाली हिड्न सक्छु गर्वले छाती फुलाएर संसार जित्न सक्छु किनकि मसँग मेरो बुवाको आशिर्बाद छ अनायासै मेरो भावनाको भेल आँशुमा परिणत हुन्छ मन भक्कानिएर पोखिन्छ जब कल्पना गर्छु त्यो हजुर सुत्ने खाट जहाँ हजुरको श्यामसुन्दर शरीर निदाएको हुने छैन कति टीठलाग्दो देखिदोँ हो त्यो मझेरी जसले कुर्न समेत पाउँदैन बुवाको आगमन कति भयानक देखिँदा हुन् ती घरका भित्ताहरु जसमा बुवाको वाणी गुञ्जिन पाउँदैनन् कति अभागी ती माकुराका चल्लाहरू जसको बुवालाई म...

चिसो याद - नेपाली कविता - Nepali poem

Image
  म रोकिन्छु यात्रा पनि रोकिन्छ अघि सर्न मान्दिन म साएद भुतकालले तर्साएर होला ! म तर्सिन्छु । तिमिबिनाको यो बाटोले मलाइ गिज्जाउछ तिमिबिनाको यो यात्राले मलाइ सताउछ मेरा दुई पाङ्गग्राहरु यहि मसितै थन्किरहेछन यस्लाइ अघि बढाउ या यहि बिसाइदिउ ? भन ! खै के गरु ? आफ्नै प्रसनको उत्तरमा अघि बढिरहेको मेरो प्रतिबिम्ब फुलै फुल बर्सिदा ओझेल भैइदिन्छ । तिमिलाइ याद छ ? बाल्यकालमा यहि फुलै फुलले सिङारेर भबिस्यका हाम्रा घरहरु बनाएका थियौ पछि जवानिमा यसैको सिरक बनाइ हामी ओढेका थियौ तर आज यहि सादा चित्रजस्तै बनेकोछ मेरो चलचित्र म आतिन्छु , म झस्किन्छु मुटु भित्र चिसिएर बसेका तिम्रा यादहरु सम्झनाको रापले धुवाबनी छरिदिन्छ हरेक अंगभरी मुख खोल्दा पनि तिम्रो याद बाफबनी निस्किदिन्छ म के गरु ? फुल केहीबेर बर्सिएर रोकिन्छ । म अघि बडछु । अह ! फेरि जान दिदैन मलाइ । एक झोका अदृश्य पर्दा उडिआइ मलाइ छोपिदिन्छ म गुम्सिन्छु , म निस्सासिन्छु के तिमिलाइ याद छ ? हामी बाल्यकालमा यहि अदृश्य पर्दाभित्र तिमी र म लुकामारी खेल्थ्यौ । अनि जवानिमा यहि पर्दालाई पछेउरि बनाइ हामी यसैमा एक हुन्थ्यौ तर आज म एक्लैछु एक्लै लुकामारी ...

Mother - Nepali poem in english

Image
Mother kept your picture in her head when she was sad  I can't give you happiness, mother put it behind me!  Flowing like a river, the valley floods,  I couldn't climb, I put it on the side, mother!  Stuck in the desert of injury and today,  Cut your own heart and put it in pieces, mother!  Look at the way you left  I hope you will come, mother!

कबड्डी ४ टिमको शहर यात्रा - नेपाली मनोरञ्जन

Image
  कबड्डी ४ बहु प्रतीक्षित नेपाली चलचित्र हो । यस भन्दा अघिको तिन वटै शृङ्खला आम दर्शककाबीचमा चर्चित छ । प्रदर्शनको पूर्व सन्ध्यामा कबड्डी टिमले देशका विभिन्न शहरमा पुगेर अन्तरक्रिया कार्यक्रम गरेको थियो । जेठ १३ गते देखि प्रदर्शनमा आउन लागेको कबड्डी ४ चलचित्रको प्रचार प्रसार तथा कलाप्रेमीका बिचमा अन्तरक्रिया गर्न कबड्डी टिमले यो यात्रा गरेको थियो । यही जेठ २ ते कबड्डी टिम दमक पुग्यो । फिल्मको प्रचार प्रसारका लागि कलाकारहरू गोरखा डिपार्टमेन्टमा जम्मा भएका थिए । दयाहाङ राई , मिरुना मगर, विजय बराल, उपेन्द्र सुब्बा आफ्ना दर्शक तथा शुभचिन्तकहरुसँग अन्तरक्रिया गर्न दमक पुगेका थिए । उत्साहजनक कार्यक्रममा करिव ५००० दर्शकको सहभागिता रहेको थियो । दमक पछि कबड्डी टिम इटहरी पुग्यो । इटहरी पुगे पछि कलाकारको टोलीमा बुद्धि तामाङ पनि थपिए । जेठ ३ गते सम्पन्न भएको उक्त कार्यक्रम भाटभटेनी सुपर मार्केटमा भएको थियो । करिव ६००० भन्दा बढि कलाप्रेमीको सहभागिता रहेको कार्यक्रम निकै फलदायी भएको थियो ।   इटहरी पछि कबड्डी टिम जेठ ४ गते नारायणगढ पुग्यो । नारायणगढमा बुद्धि तामाङ कतै छुटे तर कलाकारको टोलीमा...

City tour of kabaddi 4 teams - Nepali entertainment in english

Image
  Kabaddi 4 is a much awaited Nepali movie.  All the previous three series are famous among the general audience.  On the eve of the demonstration, the Kabaddi team visited different cities of the country and held an interaction program.  The Kabaddi team made this trip to promote the Kabaddi 4 movie that is going to be screened from May 13th and to interact with art lovers.  Kabaddi team reached Damak on May 2.  Actors gathered in Gorkha department for the promotion of the film.  Dayahang Rai, Miruna Magar, Vijay Baral, Upendra Subba reached Damak to interact with their audience and well-wishers.  About 5000 spectators participated in the exciting event.  After Damak, Kabaddi team reached Itahari.  After reaching Itahari, Buddhi Tamang was also added to the team of artists.  The event, which was completed on 3rd June, was held at Bhatbhateni Super Market.  The program was very fruitful with the participation of more than 6000 ...

मन उदास छ - नेपाली कविता

Image
  मन आज उदास छ नजानेको त्रासले बिचित्रको औडाह दियो आफ्नै श्वासले ! किन कसो थाहा छैन कता कता पोलेको छ अडिग हुन् खोज्छु तर मन मेरो डोलेको छ ! के गरू कसो गरू मन मुटु जलेको छ अन्तरमनको कुण्डमा अथाहअग्नि बलेको छ ! किन यस्तो डाह औडाह मलाइ आज भया होला सानिध्यका कोहि कतै बिलखबन्दमा पर्या होला ! नगरेकोमा पनि कैले गरेको बात लाग्छ नियत नहुदा पनि नियतिको छाप लाग्छ ! भूल केही हुदाँमा हुन्न त्यसले केही क्षती भूलबाट शिख नलिए अनि हुने हो खती ! जीवन रूपी चक्रमा यस्तो आरोह अवरोह कति कति आइ पर्ने बाधा अबरोधको सामना गर्नै पर्छ डटी ! कालचक्रको जालमा दु:ख-सु:ख आउने गर्छ उदासीको घुम्टो फ्याली उमंगमा रमाउनु पर्छ ! आज पो रात पर्यो भोली बिहानी आउने छ| उदासीको बादल हटी मनमा उमंग ल्याउने छ ! मन आज उदास छ नजानेको त्रासले बिचित्रको औडाह दियो आफ्नै श्वासले !! -----

रक्तदान - नेपाली कविता

  आफैँ नष्ट भएर जान्छ छिनमा आफैँ पुनः बन्दछ दुःखी मुत्यु हुने घडी रगतले केही अझै गन्दछ । मौका हाे दिनु पर्छ मानव भई सम्बन्ध गाढा हुन बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।                                 याे बग्दैन नदी पवित्र जलमा पाक्दैन भाँडो भरी पर्दैनन् असिना सरी गगनका फल्दैन ठूला घरी । रोगीको अझ आयु बढ्छ जनता जागौँ त्यसैले दिन बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।                                 मान्छे पुण्य मुहान धर्म भरको त्याे भक्ति भन्दा बडा राम्रो मानिस बन्न आज सबले यी हात पारौँ खडा । रोगीले मनकामना सफलता पार्नेछ केही छिन बच्ने जीवन रक्तदान भरमा हामी नगर्ने किन ? ।।                                 गर्दैनन् जन रक्तदान डरले मिथ्या कुरामा परी हामी स्वस्थ भएर गाउँ घरका पारौँ निरोगी बढी । हाम्राे स्वार्थ छ रक्तदान दिनुमा रोगी भए...

पैसा - नेपाली कविता

Image
  पैसा,पैसा,पैसा सबैको मुखमा झुन्डिने म कस्तो भाग्यमानी रैछ !! मजदुरले दिनभरी काम गर्यो ज्याला!! कर्मचारीले अफिसमा काम गर्दा तलब!! मन्दिरमा चढाउदा भेटी!! बा ले दिदा दक्षिणा !! अहो! म भाग्यमानी पैसा **ll बैंकमा जम्मा गर्दा डिपोजिट! पैसा झिक्दा withdraw!! बैंकसङ लिदा लोन साहुसङ लिदा ऋण ।। अहो! म पैसा का दिन ।। म नभै नहुने पैसा दिदा बच्चा चुप टेबलमुनिबाट दिदा कर्मचारी चुप ।। म रहेछु धेरै अचुक ।। पैसा पाप नभन न मान्छेहरु पण्डितलाई दान गर्नपनि त पैसा चाहिन्छ ।। साथिलाइ दिए सापटी गुरुलाइ दिए गुरुदक्षिणा ।। कतिधेरै इज्जत र सम्मान छ म भाग्यमानी पैसा !! मोबाईलमा ब्यालेन्स राख्दा रिचार्ड म शुन्य (0)को मूल्य बोकेर दौडिरहेको छु।। खोजिरहेछ दुनियाँ मलाइ प्राप्त गर्न !! म कस्तो भाग्यमानी !!!!! बोल्ने को मुख बन्द गर्ने नबोल्ने को मुख खुलाउने मन्त्र नै पैसा हो ।। बिरामी छौ औषधि चाहियो पैसा।। घर मा रासन सकियो पैसा ।। श्रीमति को कचकच टार्न पैसा।। बच्चा को भाग्य सपार्न पैसा।। म सङ प्रेम नगर्ने सायद कमै होलान दान नै धर्म हो भन्दै मन्दिर धाउने पुजारी छेउमा रोकेको कार देखेर अल्मल्लिन्छ ।। मैले राजाको मुक...

आमाको काख - नेपाली कविता

  रोप्ने ती अप्सराले छुपु छुपु सुनको पार्न बाला तयारी खेती गर्दा हिलाम्मे कृषक जन हुँदा हर्ष हाम्री पियारी । आकाशे शुद्ध धारो जल अमृत अहो! झर्र झर्दा धुरीमा आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।                                   सानो बच्चा हिलोमा विचरण यसरी गर्छ हाम्रो भनेर भाक्छन् कोही असारे जलपथ शिरको पूर्ण प्यासी बनेर । त्यो छ्यापाछ्याप लेदो मनुज सफलता मान्छ वर्षा झरीमा आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।                                   वर्षाको स्वर्ग खेती कृषक शयनको स्वर्ण तन्ना कहन्छ ठूलो चट्याङ वर्षा कठिन सफलता स्वर्ग भन्दै सहन्छ । बढ्छन् ढल्छन् लगानी भनिकन मनले रोक्छ जो आतुरीमा आमाको काख राम्रो सरिफ जमिनले दिन्छ माना मुरीमा ।।                                   आकाशे खेत बारी अथक शिखरका स्रोत पानी ...

प्रेम पत्र - नेपाली कविता

Image
खै कहाँ कोरु प्रेम पत्र ? कागजहरु रिक्त छैनन् जस्तै ; कसैको मन रित्तो देखियनी वास्तविकता भिन्न होस् रिक्त पानाहरुमा प्रेमको गहिराइ देखिन्न र हेछ प्रेमको फैलावट अटाउन्न रहेछ हो, वास्तवमै  प्रेमरुपी अभिलाषा पत्रमा कोरिन्न रहेछ ! कसलाई देखाँउ, म यि प्रेम पत्र ? मलाई थाहा छ तिमी जरुर हेर्दैहेर्दिनौ अरुले हेरुन् न बिचरा सिवाय केही भन्ने छैन् ! के लेखु, म मेरो प्रेम पत्रमा ? मेरा लागि प्रेम ठानिने शव्दहरुले तिम्रा सामु अनुरागविहिनता बोल्दछन् कसरी लेखु प्रेमले ओतप्रोत शब्दहरू तिम्रो लागि  त केवल बाह्रखरि र x,y,z का शमिश्रण न हुन् ! कसलाई भनु, मेरो प्रेम कहानी ? म त आजित छु सुनाउदा सुनाउदै तुलनात्मक सामुन्द्रिक गहिराइ झै प्रेम अनि रिक्तताको आकाशमा झिलिमीलि तारा झै रङ्गिन जिन्दगी सँगै तिमीप्रतिको मेरो त्याग ज्वालामुखि भित्रको लाभाझै उम्कन खोजिरहेको प्यार उहीँ मदन र  मज्नुझै दास वनाउन तत्पर देखिन्छ !! ------

Best poem for women - nepali poem in english

Image
 There are no women in this foundation  Does this world work?  Oni cover without means  How is it possible?  Women are in this world  To teach affection  This is the seed of life  To increase lineage creation  Women are like God  Vatsalya is the carrier of love  These are the mothers.  Creator and Guardian  Women are the divine power  Asura thinking exterminator  The epitome of love, devotion  And kindness, forgiveness  To be a woman in this foundation  Making history of the era  These factors are Ramayana  And to make Mahabharata  Discrimination between men and women  Frustration is a blow  Of male-dominated arrogance  Kuriti is a superstition  Feticide, violence against women  Why is it growing again?  How do we get rid of that sin?  Can we repay the loan?  Enduring unbearable pains  Endurance, courageous woman  Goddess to be worshi...