Posts

Showing posts with the label Love letter

प्रेम पत्र - नेपाली कविता

Image
खै कहाँ कोरु प्रेम पत्र ? कागजहरु रिक्त छैनन् जस्तै ; कसैको मन रित्तो देखियनी वास्तविकता भिन्न होस् रिक्त पानाहरुमा प्रेमको गहिराइ देखिन्न र हेछ प्रेमको फैलावट अटाउन्न रहेछ हो, वास्तवमै  प्रेमरुपी अभिलाषा पत्रमा कोरिन्न रहेछ ! कसलाई देखाँउ, म यि प्रेम पत्र ? मलाई थाहा छ तिमी जरुर हेर्दैहेर्दिनौ अरुले हेरुन् न बिचरा सिवाय केही भन्ने छैन् ! के लेखु, म मेरो प्रेम पत्रमा ? मेरा लागि प्रेम ठानिने शव्दहरुले तिम्रा सामु अनुरागविहिनता बोल्दछन् कसरी लेखु प्रेमले ओतप्रोत शब्दहरू तिम्रो लागि  त केवल बाह्रखरि र x,y,z का शमिश्रण न हुन् ! कसलाई भनु, मेरो प्रेम कहानी ? म त आजित छु सुनाउदा सुनाउदै तुलनात्मक सामुन्द्रिक गहिराइ झै प्रेम अनि रिक्तताको आकाशमा झिलिमीलि तारा झै रङ्गिन जिन्दगी सँगै तिमीप्रतिको मेरो त्याग ज्वालामुखि भित्रको लाभाझै उम्कन खोजिरहेको प्यार उहीँ मदन र  मज्नुझै दास वनाउन तत्पर देखिन्छ !! ------