कबड्डी ४ टिमको शहर यात्रा - नेपाली मनोरञ्जन
कबड्डी ४ बहु प्रतीक्षित नेपाली चलचित्र हो । यस भन्दा अघिको तिन वटै शृङ्खला आम दर्शककाबीचमा चर्चित छ । प्रदर्शनको पूर्व सन्ध्यामा कबड्डी टिमले देशका विभिन्न शहरमा पुगेर अन्तरक्रिया कार्यक्रम गरेको थियो । जेठ १३ गते देखि प्रदर्शनमा आउन लागेको कबड्डी ४ चलचित्रको प्रचार प्रसार तथा कलाप्रेमीका बिचमा अन्तरक्रिया गर्न कबड्डी टिमले यो यात्रा गरेको थियो । यही जेठ २ ते कबड्डी टिम दमक पुग्यो । फिल्मको प्रचार प्रसारका लागि कलाकारहरू गोरखा डिपार्टमेन्टमा जम्मा भएका थिए । दयाहाङ राई , मिरुना मगर, विजय बराल, उपेन्द्र सुब्बा आफ्ना दर्शक तथा शुभचिन्तकहरुसँग अन्तरक्रिया गर्न दमक पुगेका थिए । उत्साहजनक कार्यक्रममा करिव ५००० दर्शकको सहभागिता रहेको थियो । दमक पछि कबड्डी टिम इटहरी पुग्यो । इटहरी पुगे पछि कलाकारको टोलीमा बुद्धि तामाङ पनि थपिए । जेठ ३ गते सम्पन्न भएको उक्त कार्यक्रम भाटभटेनी सुपर मार्केटमा भएको थियो । करिव ६००० भन्दा बढि कलाप्रेमीको सहभागिता रहेको कार्यक्रम निकै फलदायी भएको थियो । इटहरी पछि कबड्डी टिम जेठ ४ गते नारायणगढ पुग्यो । नारायणगढमा बुद्धि तामाङ कतै छुटे तर कलाकारको टोलीमा...