चिसो याद - नेपाली कविता - Nepali poem
म रोकिन्छु यात्रा पनि रोकिन्छ अघि सर्न मान्दिन म साएद भुतकालले तर्साएर होला ! म तर्सिन्छु । तिमिबिनाको यो बाटोले मलाइ गिज्जाउछ तिमिबिनाको यो यात्राले मलाइ सताउछ मेरा दुई पाङ्गग्राहरु यहि मसितै थन्किरहेछन यस्लाइ अघि बढाउ या यहि बिसाइदिउ ? भन ! खै के गरु ? आफ्नै प्रसनको उत्तरमा अघि बढिरहेको मेरो प्रतिबिम्ब फुलै फुल बर्सिदा ओझेल भैइदिन्छ । तिमिलाइ याद छ ? बाल्यकालमा यहि फुलै फुलले सिङारेर भबिस्यका हाम्रा घरहरु बनाएका थियौ पछि जवानिमा यसैको सिरक बनाइ हामी ओढेका थियौ तर आज यहि सादा चित्रजस्तै बनेकोछ मेरो चलचित्र म आतिन्छु , म झस्किन्छु मुटु भित्र चिसिएर बसेका तिम्रा यादहरु सम्झनाको रापले धुवाबनी छरिदिन्छ हरेक अंगभरी मुख खोल्दा पनि तिम्रो याद बाफबनी निस्किदिन्छ म के गरु ? फुल केहीबेर बर्सिएर रोकिन्छ । म अघि बडछु । अह ! फेरि जान दिदैन मलाइ । एक झोका अदृश्य पर्दा उडिआइ मलाइ छोपिदिन्छ म गुम्सिन्छु , म निस्सासिन्छु के तिमिलाइ याद छ ? हामी बाल्यकालमा यहि अदृश्य पर्दाभित्र तिमी र म लुकामारी खेल्थ्यौ । अनि जवानिमा यहि पर्दालाई पछेउरि बनाइ हामी यसैमा एक हुन्थ्यौ तर आज म एक्लैछु एक्लै लुकामारी ...