Posts

Showing posts with the label Father

Best poem for father - nepali poem

Image
  बुवा, हजुरका ती गाला जसलाइ रबर जस्तै तन्काउदैँ म खितिति हाँस्थेँ आजभोलि त झन् धेरै परसम्म पुग्ने भएछन् मलाइ पहिलोपटक स्कुलमा छाडेर फर्किंदाँका ती रसिला आँखाहरू हेर त आज बुढ्यौलीले कति सुख्खा पारिदिएछन् तर मेरा लागि बुनिएका ती वर्षौ पुराना मीठा सपनाहरू भने आज पनि उस्तै ताजा र चम्किला देख्खिइरहेछन् तनाव र जिम्मेवारीले थिल्थिलिएको काँध अझैपनि सगरमाथा बनेर उभिन छाड्दैन मलाई साथ दिन त्यही काँध आज कोल्टे फेर्न नसक्दा मलाई सम्झिरहेको होला टाढा छु, तर नआत्तिनुस् बुवा म छिट्टै मल्हम सहित आउनेछु परिस्रमले खिइएका ती सुख्खा हातहरू जब मेरो शिरमा सल्बलाउँछन् म शानसँग शिर उचाली हिड्न सक्छु गर्वले छाती फुलाएर संसार जित्न सक्छु किनकि मसँग मेरो बुवाको आशिर्बाद छ अनायासै मेरो भावनाको भेल आँशुमा परिणत हुन्छ मन भक्कानिएर पोखिन्छ जब कल्पना गर्छु त्यो हजुर सुत्ने खाट जहाँ हजुरको श्यामसुन्दर शरीर निदाएको हुने छैन कति टीठलाग्दो देखिदोँ हो त्यो मझेरी जसले कुर्न समेत पाउँदैन बुवाको आगमन कति भयानक देखिँदा हुन् ती घरका भित्ताहरु जसमा बुवाको वाणी गुञ्जिन पाउँदैनन् कति अभागी ती माकुराका चल्लाहरू जसको बुवालाई म...