चिसो याद - नेपाली कविता - Nepali poem

 

म रोकिन्छु
यात्रा पनि रोकिन्छ
अघि सर्न मान्दिन म
साएद भुतकालले तर्साएर होला !
म तर्सिन्छु ।

तिमिबिनाको यो बाटोले मलाइ गिज्जाउछ
तिमिबिनाको यो यात्राले मलाइ सताउछ
मेरा दुई पाङ्गग्राहरु यहि मसितै थन्किरहेछन
यस्लाइ अघि बढाउ या यहि बिसाइदिउ ?
भन ! खै के गरु ?

आफ्नै प्रसनको उत्तरमा
अघि बढिरहेको मेरो प्रतिबिम्ब
फुलै फुल बर्सिदा ओझेल भैइदिन्छ ।
तिमिलाइ याद छ ?

बाल्यकालमा यहि फुलै फुलले सिङारेर
भबिस्यका हाम्रा घरहरु बनाएका थियौ
पछि जवानिमा यसैको सिरक बनाइ हामी ओढेका थियौ
तर आज यहि सादा चित्रजस्तै बनेकोछ

मेरो चलचित्र
म आतिन्छु , म झस्किन्छु
मुटु भित्र चिसिएर बसेका तिम्रा यादहरु
सम्झनाको रापले धुवाबनी छरिदिन्छ हरेक अंगभरी
मुख खोल्दा पनि तिम्रो याद बाफबनी निस्किदिन्छ
म के गरु ?

फुल केहीबेर बर्सिएर रोकिन्छ ।
म अघि बडछु ।
अह ! फेरि जान दिदैन मलाइ ।
एक झोका अदृश्य पर्दा उडिआइ मलाइ छोपिदिन्छ
म गुम्सिन्छु , म निस्सासिन्छु

के तिमिलाइ याद छ ?
हामी बाल्यकालमा यहि अदृश्य पर्दाभित्र
तिमी र म लुकामारी खेल्थ्यौ ।
अनि जवानिमा यहि पर्दालाई
पछेउरि बनाइ
हामी यसैमा एक हुन्थ्यौ
तर आज म एक्लैछु

एक्लै लुकामारी खेलिरहेछु
एक्लै पछेउरी बनाइ ओडिरहेछु
चिसिएका हरेक अंगहरुलाइ सेक्न खोजिरहेछु तर
कठोर मेरो शरीर झन जमेर बरफ बनिदिन्छ ।
लौन के गरु ?

हरेक चिसोमा
दाउरा जलाइ , चिया चुस्कीसङै हामी जाडो भगाउने गर्थ्यौ
आज दाउरा जस्तै जीवन पनि दन्दनी बलिरहेछ
अनि खरानी बनिरहेछन सुकेका काठझै मेरा सपनाहरू ।

तिमिलाइ पोलेको आलु ज्यादै मिठो लाग्थ्यो हगि !
म हाम्रै बारिको लोकल आलु पोलिदिन्थे
तिमी गुन्द्रुक बनाइ अझ मिठास थपिदिन्थ्यौ

तर आज वारि रित्तो छ
न गुन्द्रुक छ न आलु !
बूढो गोरुले एक्लै खेत जोत्न नसकिदो रहेछ ।

तिमी नदेखेपछी यो आकाश पनि भौतारिन्छ ।
तिमी नभएपछी यो बादल पनि रोइदिन्छ ।
यी हेर त आज पनि आकाशले मुख धोएको छैन
अनि यो बादल तिम्रो यादमा जोगि बनेकोछ ।
साच्चै तिमिलाइ अझै पनि धेरै सम्झिदा रैछन यिनिहरु ।
मैले जस्तै !

मेरो माया मसित छैन
मेरो छाया मसित छैन
भुल्न नखोजेको पनि हैन
तर तिमिबिना मेरो सास पनि चल्न मान्दैन ।
म हराउछु , आफैभित्र पनि हराउछु
हराउदा हराउदै कहाँ पुग्छु थाह हुन्न मलाइ
अचानक ! म देख्छु , तिमी पनि मलाइ पर्खेर बस्दी हो
मेरो यादमा तिमी पनि आँसु पुछ्दी हो
तर एक्कासी मेरा बिपनाले संख फुकेपछी
लाग्छ म यहि चिच्चाइरहेछु ।

तिमि गएदेखि मेरा खुसी पनि तिमिसितै गए
शरीर त छ तर मन भने तिमिसङै भैदिए
आज म छु । तिमी छैनौ ।
तिम्रो याद छ । तिम्रो साथ छैन ।

बिपना छ । सपना छैन ।
सम्झना छ । कलपना छैन ।
तिमिलाइ मेरो जिवनले मात्र हैन
जिन्दगीले पनि त्यतिनै खोजिरहेछ
पिर नगर म छिटै तिमिलाइ लिन आउदैछु

सधैभरिको लागि
तिमी पर्खि बस्नु है ।

------

Comments

Popular posts from this blog

आमाको काख - नेपाली कविता

Best poem for father - nepali poem

रक्तदान - नेपाली कविता