Posts

Showing posts with the label money

पैसा - नेपाली कविता

Image
  पैसा,पैसा,पैसा सबैको मुखमा झुन्डिने म कस्तो भाग्यमानी रैछ !! मजदुरले दिनभरी काम गर्यो ज्याला!! कर्मचारीले अफिसमा काम गर्दा तलब!! मन्दिरमा चढाउदा भेटी!! बा ले दिदा दक्षिणा !! अहो! म भाग्यमानी पैसा **ll बैंकमा जम्मा गर्दा डिपोजिट! पैसा झिक्दा withdraw!! बैंकसङ लिदा लोन साहुसङ लिदा ऋण ।। अहो! म पैसा का दिन ।। म नभै नहुने पैसा दिदा बच्चा चुप टेबलमुनिबाट दिदा कर्मचारी चुप ।। म रहेछु धेरै अचुक ।। पैसा पाप नभन न मान्छेहरु पण्डितलाई दान गर्नपनि त पैसा चाहिन्छ ।। साथिलाइ दिए सापटी गुरुलाइ दिए गुरुदक्षिणा ।। कतिधेरै इज्जत र सम्मान छ म भाग्यमानी पैसा !! मोबाईलमा ब्यालेन्स राख्दा रिचार्ड म शुन्य (0)को मूल्य बोकेर दौडिरहेको छु।। खोजिरहेछ दुनियाँ मलाइ प्राप्त गर्न !! म कस्तो भाग्यमानी !!!!! बोल्ने को मुख बन्द गर्ने नबोल्ने को मुख खुलाउने मन्त्र नै पैसा हो ।। बिरामी छौ औषधि चाहियो पैसा।। घर मा रासन सकियो पैसा ।। श्रीमति को कचकच टार्न पैसा।। बच्चा को भाग्य सपार्न पैसा।। म सङ प्रेम नगर्ने सायद कमै होलान दान नै धर्म हो भन्दै मन्दिर धाउने पुजारी छेउमा रोकेको कार देखेर अल्मल्लिन्छ ।। मैले राजाको मुक...