मन उदास छ - नेपाली कविता

 

मन आज उदास छ
नजानेको त्रासले
बिचित्रको औडाह
दियो आफ्नै श्वासले !

किन कसो थाहा छैन
कता कता पोलेको छ
अडिग हुन् खोज्छु तर
मन मेरो डोलेको छ !

के गरू कसो गरू
मन मुटु जलेको छ
अन्तरमनको कुण्डमा
अथाहअग्नि बलेको छ !

किन यस्तो डाह औडाह
मलाइ आज भया होला
सानिध्यका कोहि कतै
बिलखबन्दमा पर्या होला !

नगरेकोमा पनि कैले
गरेको बात लाग्छ
नियत नहुदा पनि
नियतिको छाप लाग्छ !

भूल केही हुदाँमा
हुन्न त्यसले केही क्षती
भूलबाट शिख नलिए
अनि हुने हो खती !

जीवन रूपी चक्रमा यस्तो
आरोह अवरोह कति कति
आइ पर्ने बाधा अबरोधको
सामना गर्नै पर्छ डटी !

कालचक्रको जालमा
दु:ख-सु:ख आउने गर्छ
उदासीको घुम्टो फ्याली
उमंगमा रमाउनु पर्छ !

आज पो रात पर्यो
भोली बिहानी आउने छ|
उदासीको बादल हटी
मनमा उमंग ल्याउने छ !

मन आज उदास छ
नजानेको त्रासले
बिचित्रको औडाह
दियो आफ्नै श्वासले !!

-----

Comments

Popular posts from this blog

आमाको काख - नेपाली कविता

Best poem for father - nepali poem

रक्तदान - नेपाली कविता