Posts

Showing posts with the label tribute

श्रद्धाञ्जली

Image
  सधैझै आज पनि म बिउँझेछु म देख्छु , मेरो नजिक मान्छेले बनाएका भगवानहरु चिच्याइरहेछ्न । म सुन्छु , मेरो समीप खुसिका अलङ्कार भन्दा रोद्नका क्रन्दनहरु गिज्याइरहेछ्न । लौन के गरु ? आज म यस्तो लोकमाछु जहाँ गरिबको भोक सकिदैन न त धनीको धन आज म यस्तो हालमा छु जहाँ साथ भन्दा पहिले जात हेरिन्छ अनि व्यबहार भन्दा ठूलो अनुहार नापिन्छ म के गरु ? म पन्छिन खोज्छु यी सब कुराहरु मलाइ भन्नू छैन मेरो कथा अनि ब्यथाहरु डर लाग्छ कतै मैले हासेरै मेरो कथा सुनाए भने तिमी रुनेछौकी भनेर ! डर लाग्छ कतै मैले जिस्केरै मेरो ब्यथा तिम्लाइ सुनाए भने तिमी मेरो हुनेछौकी भनेर ! तर मलाइ कसैलाइ रुवाउनु छैन । कसैलाइ आफ्नो बनाउनु छैन । किनकी धेरै रोए धेरैलाइ हसाएर धेरै पछुताए मान्छेको जुनि पाएर ! त्यसैले अब म जान चाहन्छु । मलाइ रोक्न नखोज ! गन्तव्य मेरो धेरै टाढा छ अनि समय निकै कम मलाई प्रायस्चित गर्नुछ यो पापको मलाइ रहस्य सोध्नु छ मेरो श्रापको दैबशीत !! सधैझै भोलि पनि म बिउझिनेछु । मलाइ देखाउनेछ्न उल्लास मनाइरहेका मेरा खुसीहरु मलाइ सुनाउनेछ्न मैले कहिले नसुनेका अनगिन्ती तारिफहरु मलाइ हात दिनेछ्न पराइ भएका आफन्तहरु मलाइ ...