Posts

Showing posts with the label The mind is sad

मन उदास छ - नेपाली कविता

Image
  मन आज उदास छ नजानेको त्रासले बिचित्रको औडाह दियो आफ्नै श्वासले ! किन कसो थाहा छैन कता कता पोलेको छ अडिग हुन् खोज्छु तर मन मेरो डोलेको छ ! के गरू कसो गरू मन मुटु जलेको छ अन्तरमनको कुण्डमा अथाहअग्नि बलेको छ ! किन यस्तो डाह औडाह मलाइ आज भया होला सानिध्यका कोहि कतै बिलखबन्दमा पर्या होला ! नगरेकोमा पनि कैले गरेको बात लाग्छ नियत नहुदा पनि नियतिको छाप लाग्छ ! भूल केही हुदाँमा हुन्न त्यसले केही क्षती भूलबाट शिख नलिए अनि हुने हो खती ! जीवन रूपी चक्रमा यस्तो आरोह अवरोह कति कति आइ पर्ने बाधा अबरोधको सामना गर्नै पर्छ डटी ! कालचक्रको जालमा दु:ख-सु:ख आउने गर्छ उदासीको घुम्टो फ्याली उमंगमा रमाउनु पर्छ ! आज पो रात पर्यो भोली बिहानी आउने छ| उदासीको बादल हटी मनमा उमंग ल्याउने छ ! मन आज उदास छ नजानेको त्रासले बिचित्रको औडाह दियो आफ्नै श्वासले !! -----